हुतिहारा – रवीन्द्र समीर

Short Story

विर्खबहादुर दुर्गमबाट राजधानी झर्यो , बेरोजगार छोरोलाई लिएर । चुनावको बेला आफ्नै घरमा अखडा जमाएका लेप्चेबहादुर मन्त्री भएकोले छोराको कल्याणको लागि उनी मन्त्री निवास पुगे ।

‘के छ बिर्खे दाई ! के कति कामले पाल्नु भयो ? छोराछोरीको हालखबर के छ ?’ – कालो चिया घुटुक्क निल्दै विर्ख बहादुरले भन्यो – जेठो छोरो गाउँमा मास्टरी गर्छ, छोरीको बिहे भयो, माइलो छोराले खरदारको जागीर खान्छ, यो हुतिहारा एस.एल.सी. मा तीन पटक फेल भयो । यस्तोलाई कसले जागीर दिने ? बरु यसलाई तपाइँसँगै राख्नुहोस्, ठीकै छ यो हुतिहारा मन्त्री भए पनि सहनै पर्‍यो ।

Leave a Reply