गजल – रवीन्द्र समीर

Poems

 

तिमीलाई सम्झिरहने केवल मेरो काम भो

तिमी हिंड्ने बाटो पनि मेरो चारधाम भो

दुरेक्षण गर्छ भनी लुकीलुकी किन हिंड्छयौ ?

तिमीलाई देखेपछि औंसी पनि घाम भो

मनको संघार टेक्न आउंथे पराई भन्ने हौ कि ?

तिम्रो जीवन मेरो लागि बन्द खाम भो

प्रतीक्षाको सम्पुटभित्र कति जलाउँछ्यौ ?

‘ एक हातले ताली बजाउने ‘ मेरो नाम भो

आशंकाको जालोलाई च्यातिहेर त !

तिम्रो हृदय नै त मेरो गन्तव्यको ठाम हो ।

Leave a Reply